३३ किलो सुनकाण्डाका एक अभियुक्त पक्राउ



काठमाडौं,२ माघ/   त्रिभुवन विमानस्थलबाट अवैध रुपमा सुन भित्र्याउने मध्येका एक अभियुक्तलाइृ प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

अघिल्लो वर्षको पुस २१ गते दुबइबाट ३३ किलो ५ सय ७७ ग्राम अवैध सुन त्रिभुवन विमानस्थलबाट भित्र्याउने भारत राजस्थान गंगानगर स्थायी घर भएका ३२ वर्षीय राहुल गोयललाई प्रहरीले पक्राउ गरेको हो ।

उनी काठमाडौं गौरीधारा विशालबजार सालिमार ज्वेलर्सका सञ्चालक रहेको प्रहरीले जनाएको छ । यसअघि  प्रहरीले सुनकाण्डमा १२ जनालाई पक्राउ गरिसकेको छ । सुन तस्करीका ३३ जनाको संलग्नता रहेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

अरु तस्करीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २ गते मंगलबार