भोलिदेखि खजुरा महोत्सव शुरु हुने



नेपालगञ्ज,२ माघ/   “हाम्रो खजुरा हाम्रो शान, धार्मीक सद्भाब हाम्रो पहिचान” भन्ने मुल नाराका साथ यही माघ ३ गते देखि मुसवेटवा बाबा मेला तथा खजुरा महोत्सव २०७४ हुन लागेको छ ।

खजुरा महोत्सव मेला २०७४ माघ ३ गते देखि १० गतेसम्म संचालन हुने भएको हो । मेला को सम्पुर्ण तयायी पुरा भएको मंगलबार खजुरामा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै आधुनिक यूबा क्लaबका अध्यक्ष एवम् खजुरा महोत्सवका संयोजक तिलक विर सुनारले धार्मिक सद्भाव कायम गर्नका लागि र खजुरालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पहिचान गर्नका लागि मेलाको आयोजना गरिएको जानकारी गराए ।

यस्तै उनले मेलाबाट संकलन भएको रकमको केही रकम मुसवेटवा मन्दिर निर्माणका लागि खर्च गरिने पनि बताए । मुसवेटवा बाबा मेला तथा खजुरा महोत्सव पुर्ण रुपमा आर्थिक संकलनका लागि मात्र नभई यो धर्मिक सद्भाव कायम राख्नका लागि आयोजना गरिएको सुनारले बताए ।

महोत्सवलाई भव्य र सफल बनाउनका लागि स्थानीय स्तरदेखि सबैको साथ रहेको पनि उनले उल्लेख गरेल । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने पनि समेत बताइएको छ ।

भोलि(बुधबार) महोत्सवको उद्घाटन बाँके क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य नन्दलाल रोकायले गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २ गते मंगलबार