बिएस्सी दोस्रो वर्ष परीक्षाफल प्रकाशित



काठमाडौं,३‍० पुस/ त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले गएको असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ चार वर्षे बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । 

उक्त परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, educationkhabar.com र www.tu.ntc.net.np मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने छ । -रासस

  • No tags available
प्रकाशित मिति : २०७४ पुस ३० गते आइतबार