बर्दिया,२९ पुस/ पूर्व–पश्चिम राजमार्ग अन्तरगत बर्दियाको माछागढ र कैलालीको लम्की चुहामा शुक्रबार राती र शनिबार बिहान भएका छुट्टा – छुट्टै २ वटा सडक दुर्घटनामा १ जना को मुत्यू भएको छ भने ४१ जना घाईते भएका छन ।
शुक्रबार सांझ बर्दियाको माछागढका स्थानीयवासी मनिराम चौधरी दुर्घटनामा मृत्यु भएको हो । आफनी श्रीमती सहित करीब ७ बजेतिर छिमेकीको घरबाट आफनो घर तर्फ मोटरसाइकलमा आइरहेको समयमा पश्चिमबाट पूर्व तर्फ गइरहेको लु १ ख ८१०८ नम्बरको ट्रकले ठक्कर दिएर करीब २ सय मिट सम्म राजमार्गमै घिसार्दा चौधरीको मुत्यू भएको प्रहरीले बताएको छ । दुर्घटनामा परी उनकी श्रीमती गम्भीर घाईते भएकी छन् ।
ट्रक र मोटर साईकल एक आपसमा साइडमा ठोक्कीएकोमा ट्रक चालकले मोटरसाईकल ट्रकको अघिल्लो भागमा अडकीएको र ट्रक नरोकी ज्यान मार्ने उदेश्यले करिब २ सय मिटर घिसार्दा मोटरसाइकल चालक मनिराम चौधरीको मुत्यू भएको स्थानीय प्रत्यक्ष दर्शीहरुले जानकारी गराएका छन । ट्रक चालकको लापरबाहीले भएको उक्त दुर्घटना पछि स्थानीयवासीहरुले ट्रक र चालकलाई पक्राउ गरी आवश्यक कानूनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय बाँसगढीमा बुझाएका थिए ।
दुर्घटनामा घाईते मनिराम चौधरीकी श्रीमतीको अवस्था गम्भीर रहेकाले उपचारको लागि भारतको लखनउ पठाइएको ईलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ ।
त्यसै शनिबार बिहानै पूर्व–पश्चिम राजमार्गको कैलाली जिल्लाको लम्की–चुहा नगरपालिका –६ मा विपरीत दिशाबाट गइरहेका बस एक आपसमा जुदेर दुर्घटना हुँदा ४० जना यात्रु घाईते भएको र ५ जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
टिकापुरबाट धनगढी आउदै गरेको सुदुरपश्चिम यातायातको ना ४ ख ५१३२ नम्बरको बस र धनगढीबाट बुटवल जाँदै गरेको नारायणी यातायातको ना ७ ख २४६ नम्वरको बस एक आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरुको लम्की स्थित घोडाघोडि अस्पतालमा उपचार भइरहेको समेत प्रहरीले जानकारी गरराएको छ ।









प्रतिक्रिया दिनुहोस्