मन्जुश्री फाइनान्सको रक्तदान कार्यक्रम



काठमाडौँ ।

मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो उन्नाइसौँ वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ परीक्षण तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा कर्मचारी, संस्थाका ग्राहक तथा अन्य सर्वसाधारण गरि करिब १५० जनाको सहभागिता रहेको थियो भने करिब १२० जनाले निःशुल्क स्वास्थ परीक्षणको लाभ लिएका थिए ।

साथै ५९ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, प्रमुख व्यापार अधिकृत लगायतका प्रमुखहरूको उपस्थिति रहेको थियो । मन्जुश्री फाइनान्स लिमिटेड असोज २८ गतेका दिन आफ्नो स्थापनाको बिसौँ वर्षमा प्रवेश गर्दैछ ।

संस्थाका सामाजिक उत्तरदायित्वमा अग्रपंतिमा रहेर भूमिका निर्वाह गर्दै आएको यस फाइनान्सले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसर पारेर विशेष कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ । करिब २ लाख १० हजार ग्राहकमाझ सेवा पु¥याउँदै आइरहेको यस मन्जुश्रीले हालसम्म करिब २५ अर्ब निक्षेप संकलन गरि करिब २२ अर्ब कर्जा प्रवाह गरेको छ । फाइनान्स कम्पनीहरूमध्ये अग्रसर यस मन्जुश्री फाइनान्सले हालसम्म २८ वटा शाखा कार्यालय तथा एउटा विस्तारित काउन्टरमार्फत आफ्नो सेवा सञ्चालनमा ल्याइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज २८ गते बुधबार