मुक्तिनाथका ग्राहकलाई एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबमा विशेष छुट



काठमाडौँ ।

मुक्तिनाथ विकास बैंकले ग्राहकलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले बालकुमारीमा अवस्थित एथलेट ल्यान्ड एन्ड ट्रेनिङ क्लबसँग विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ ।

सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले उक्त व्यायामशालामा ७.५० देखि १७.५० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त व्यायामशालामा एमएमए, बक्सिङ, एडभान्स्ड कार्डियो, ग्रुप फिटनेस क्लासेस, जुम्बा, योगा लगायतका सेवाहरू उपलब्ध छन् ।

साथै, वर्कआउट पछि रिल्याक्सेसनका लागि साउना सुविधाको समेत व्यवस्था गरिएको छ । उक्त छुट तथा सुविधा प्राप्त गर्न बैंकका ग्राहकले बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ । बैंकले आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले विभिन्न संस्था तथा व्यवसायसँग सहकार्य गर्दै आएको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज १८ गते आइतबार