बजाज पल्सर एनएसको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट



काठमाडौँ ।

बजाजले आफ्नो लोकप्रिय पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । शक्ति, तीव्रता र आत्मविश्वासका लागि परिचित ढाँटसँगको यो सहकार्यले पल्सर एनएसको प्रदर्शनमुखी पहिचानलाई थप बलियो बनाउने उद्देश्य राखेको कम्पनीले जनाएको छ । ‘र पावर मिट्स र पावर’ भन्ने मूल अवधारणामा आधारित यो सहकार्यले रविन्द्र ढाँटको व्यक्तित्व र पल्सरको आक्रामक प्रदर्शनबीचको समानतालाई प्रस्तुत गर्नेछ । ढाँटको शक्ति, तीव्रता र प्रभावशाली व्यक्तित्व पल्सरको पावर, प्रदर्शन र मस्कुलर स्ट्रिटफाइटर डिजाइनसँग मेल खाने कम्पनीको भनाइ छ ।

पल्सरलाई शक्ति, प्रदर्शन र आक्रामक राइडिङ चरित्रका लागि परिचित मोटरसाइकलका रूपमा स्थापित गर्दै आएको बजाजले ढाँटसँगको सहकार्यबाट यही पहिचानलाई अझ प्रभावकारी रूपमा प्रस्तुत गर्ने जनाएको छ । यस सहकार्यले विशेषगरी युवा तथा प्रदर्शनमुखी मोटरसाइकलप्रति रुचि राख्ने राइडरहरूसँग ब्रान्डको सम्बन्ध थप बलियो बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । रविन्द्र ढाँट अब पल्सर एनएसका विभिन्न ब्रान्ड कम्युनिकेसन, अभियान तथा उपभोक्ता संलग्नताका गतिविधिमा देखिनेछन् ।

यसमार्फत पल्सरका उत्पादनका विशेषता र प्राविधिक पक्षसँगै शक्ति, आत्मविश्वास, प्रदर्शन र बोल्ड एटिच्युडलाई पनि थप प्रभावकारी रूपमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ । बजाजका अनुसार, रविन्द्र ढाँट र पल्सरबीचको सहकार्य दुई फरक पहिचानलाई एउटै भावनामा जोड्ने प्रयास हो । दुवैको केन्द्रमा रहेको शक्ति र प्रदर्शनको भावनाले पल्सरको व्यक्तित्वलाई अझ स्पष्ट र विशिष्ट बनाउन सहयोग गर्ने कम्पनीको विश्वास छ ।

पल्सर र रविन्द्र ढाँटसँग सम्बन्धित आगामी अभियान तथा सामग्रीका लागि ग्राहकहरूले बजाज नेपालको आधिकारिक सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यमहरू हेर्न सक्नेछन् । साथै, पल्सरका बारेमा थप जानकारीका लागि नजिकैको बजाज सोरूममा सम्पर्क गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

बुटवलमा हुँदैछ पल्सर आरपीएम

युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्दै पल्सर आरपीएम बुटवलमा आयोजना हुने भएको छ । काठमाडौँमा सुरुवात भएको पल्सर आरपीएम अब बुटवलमा आयोजना हुन लागेको हो । पल्सर आरपीएम बुटवल असोज १७ गते बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा आयोजना हुनेछ । कार्यक्रम दिउँसो २ः३० बजेदेखि सुरु हुनेछ । कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन ।

पल्सर आरपीएम बुटवलमा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, ¥याप, डिजे प्रस्तुति, ग्राफिटीलगायत सडक संस्कृतिसँग सम्बन्धित विभिन्न गतिविधि र प्रस्तुति रहनेछन् । यसले बुटवलका युवालाई आफ्नो प्रतिभा, सीप, रुचि र सिर्जनशीलता प्रस्तुत गर्ने तथा विभिन्न विधाका कलाकार र प्रतिभासँग जोडिने अवसर प्रदान गर्नेछ । काठमाडौँमा सुरुवात भएको पल्सर आरपीएम राजधानीबाहिर विस्तार हुँदै क्षेत्रीय युवा समुदायसँग प्रत्यक्ष रूपमा जोडिने क्रममा रहेको छ ।

बुटवलमा आयोजना हुने कार्यक्रमले बुटवलको आफ्नै ऊर्जा, स्थानीय युवा समुदाय र यहाँको सडक संस्कृतिलाई केन्द्रमा राख्दै स्थानीय परिवेशसँग जोडिएको विशेष अनुभव प्रस्तुत गर्नेछ ।मोटरसाइकल, साहसिक खेल, संगीत र सडक संस्कृतिलाई एउटै मञ्चमा ल्याउँदै पल्सर आरपीएमले प्रदर्शन, आत्मविश्वास, सीप र आत्मअभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । यसले पल्सरलाई युवाको रुचि, जीवनशैली र संस्कृतिसँग थप नजिकबाट जोड्ने अपेक्षा गरिएको छ । बुटवलमा आयोजना हुने पल्सर आरपीएममा सहभागी हुन सबै युवालाई आमन्त्रण गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रबार