बर्दियामा आर्थिक विकासको ढोका खुल्छ : चौधरी



बर्दिया,२७ पुस/  गुलरिया उधोग वाणिज्य संघका अध्यक्ष बिरबहादुर चौधरीले बर्दियामा आर्थिक विकासको ढोका खोल्न महत्वपुर्ण भूमिका खेल्न सक्ने गुलरिया मुर्तीहा नाका छिट्टै सञ्चालनमा ल्याई बर्दियामा भारतीय तथा चिनीयाँ लगानीमा ठुलाठुला उद्योग स्थापना गर्न गराउन आफुहरु लागि परेको बताएका छन् ।

थारुहरुको महान पर्व माघीको उपलक्ष्यमा गुलरिया–८ कोठिया गाउँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष चौधरीले बर्दियाको आर्थिक समृद्धि, विकास र रोजगारीका स्वदेशी तथा विदेशी लगानी कर्ताहरु मार्फत कृषि तथा जडिबुटीमा आधारित ठुला ठुला उद्योग सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको बताए ।

उनले गुलरिया उद्योग वाणिज्य संघले बर्दियाका बेरोजगार युवाहरुलाई लक्षित गरी युवा स्वरोजगार कार्यक्रम ल्याउन लागेकोले सो कार्यक्रममा आवद्ध हुन युवा विद्यार्थीहरुलाई आग्रह गरे ।

हाम्रो बर्दियालाई राम्रो बर्दिया कसरी बनाउन सकिन्छ, बर्दियाको समग्र विकासको खाका के हुनुपर्छ भन्ने विषयमा छलफल गर्न आफुले माघी पर्वको अवसर पारेर यहि पुष ३० गते बर्दियाबाट प्रतिनिधित्व गर्ने मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधी, पत्रकार, वुद्धिजीवी,ब्यापारीहरुलाई आमन्त्रण गरेको जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २७ गते बिहीबार