काठमाडौँ।
कुमारी बैंकले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा आइआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध गराएको छ । आर्थिक वर्ष २०८३–०८४ को बजेट मार्फत सुरू गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान र भ्याट बील लिन प्रोत्साहन गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन तथा वित्तीय पारदर्शिता प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।
यस सुविधामार्फत कुमारी बैंकका ग्राहकहरूले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रूपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्युआरमार्फत भुक्तानी गर्दा स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्नेछन् । ग्राहकहरूले कुमारी स्मार्ट मोबाइल बैंकिङ एपका आइआरडी प्रोत्साहन कार्यक्रम मेनुमार्फत योग्य कारोबारहरूको सङ्ख्या, कारोबार विवरण तथा पुरस्कार प्राप्त गरेको अवस्था समेत सजिलै हेर्न सक्नेछन् ।
यसले ग्राहकहरूलाई डिजिटल भुक्तानी गर्न, प्यान र भ्याट बील लिन तथा औपचारिक कारोबारलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।आन्तरिक राजस्व विभागको व्यवस्था अनुसार योग्य कारोबार मध्येबाट दैनिक लक्की ड्रमार्फत एक जना ग्राहकले कर कट्टीपछि १ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्, भने प्रत्येक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले १० लाख रूपैयाँ बराबरको बम्पर पुरस्कार प्राप्त गर्नेछन् ।
बैंकले ग्राहकहरूलाई व्यापारीको क्युआरमार्फत भुक्तानी गर्न, प्यान र भ्याट बील लिन, बील सुरक्षित राख्न तथा नियमित रूपमा आइआरडी प्रोत्साहन कार्यक्रम सुविधा प्रयोग गरी आफ्नो योग्यताको अवस्था जाँच गर्न आग्रह गरेको छ । बैंकले यस अभियानले डिजिटल कारोबार विस्तार गर्नुका साथै नगदरहित अर्थतन्त्र निर्माण, कर अनुपालन वृद्धि तथा वित्तीय पारदर्शितालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ । विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले हाल देशभर फैलिएका २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटिएम, ४० शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्