गुरु पुर्णीमा बिशेषः आमा पहिलो गुरु



सतिश निरौला

गुरु पुर्णिामा लाई हिन्दु सनातनीहरु बिशेष पर्वका रूपमा नै आदिकाल देखि नै मनाउदै आइरहेको तथ्य र कथाहरू हामी सुन्ने गर्छौ, सनातन धर्म ले हामीलाई गुरुहरु प्रती अगाध श्रद्धा र संमान गर्न सिकाएको छ। हाम्रो जिवनकालमा थुप्रै गुरुहरु आउने गर्छन् , शिक्षा दिने गुरु, दीक्षा दिने गुरु, कर्म सिकाउने गुरु, धर्म सिकाउने गुरु अनेकौंअनेक परिस्थितिमा गुरुहरु पनि सोही अनुरुप नै फेरिदै गर्छन् । हामी हाम्रो जीवन को पहिलो गुरु का रूपमा “ आमा“ लाई संमान दिने गर्छौ , आम रूपमा आमा नै पहिलो गुरु हुन् भन्ने गरिन्छ र यो भनाइ मात्रै होईन यो आमाको कर्म र धर्म बाट आमा लाई प्राप्त संमान हो। आमा यसकारण हाम्रो जिवनको पहिलो गुरु हुन् किनकि बच्चाले जीवनका प्रारम्भिक र सबैभन्दा महत्वपूर्ण शिक्षा आमाबाट नै सिक्न थाल्छ।जन्मदेखि नै आमाले बच्चाको हेरचाह, माया र संरक्षण गर्छिन्। बच्चाले बोल्न, हिँड्न, खान, बस्न र दैनिक व्यवहारका आधारभूत सीप र ज्ञान आमाबाट सिक्छ।सत्य बोल्ने, सम्मान गर्ने, अनुशासनमा बस्ने, सहयोग गर्ने जस्ता नैतिक मूल्यहरूको पहिलो शिक्षा आमाबाट प्राप्त हुन्छ। आमाले स्नेह, धैर्य र त्यागका माध्यमबाट जीवनका महत्वपूर्ण संस्कार सिकाउँछिन्।बालकको व्यक्तित्व निर्माणमा आमाको भूमिका अत्यन्त गहिरो हुन्छ, त्यसैले उनी जीवनकै पहिलो शिक्षिका ( गुरु ) मानिन्छिन्।यसैले नेपाली समाजमा प्रायः भनिन्छः“आमा पहिलो गुरु हुन्, र घर पहिलो विद्यालय हो।“यसको अर्थ, औपचारिक विद्यालय जानुभन्दा धेरै अघि नै बच्चाको शिक्षा र संस्कारको आधार आमाबाट सुरु हुन्छ।आदिकाल देखि नै सनातनी हरु र पूर्वीय सभ्यताका अनुयायीहरु आमा लाई बिशेष संमान प्रकट गर्छन् तर अहिले देखिएको सामाजिक परिवेश , परिस्थिति र घटनाक्रम ले हामीले मान्दै आएको यो सस्कार र संमान माथि कठिन प्रश्न उठ्ने थुप्रै घटनाहरु हाम्रो गाउँ समाजमा घटेको देखिन्छ र त्यस्ता घटनाहरु सामाजिक संजालमा समेत छताछुल्ल हुने गरेका छन् । आमाहरु माथि छोराछोरी को कुटपिट र अभद्र , अमर्यादित व्यबहार , कतिपय अवस्थामा त दुव्र्यवहार का कारण र कुटपिट का कारण मृत्यु सम्म का घटनाहरु अगाडि आउने गरेका छन् । यस्ता प्रवृत्ति र घटनाहरु ले यदाकदा प्रसय पाइरहनु हजारौं आमाहरु सडकमा पुग्नु र बृद्धआश्रममा पुग्नुले अहिले हाम्रो नेपाली समाज र हामीले मान्दै आएको सस्कार, परम्परा र हाम्रो धर्म सस्कृती माथी नै गम्भीर प्रश्न खडा गर्ने गरेको छ , नेपाली समाज लाई यसरी आमाहरु प्रताडित हुने र आमाहरू माथि दुव्र्यवहार हुने परिस्थिति र परिवेश बाट मुक्त पार्न हामीले बालबालिका हरु लाई प्रारम्भिक शिक्षा काल देखी नै सोही अनुरुप नैतिक शिक्षा र ज्ञान सहित अगाडि बढाउन आवश्यक छ।

गुरु पूर्णिमा हिन्दु, बौद्ध र जैन परम्परामा गुरु, शिक्षक तथा ज्ञानप्रति कृतज्ञता व्यक्त गर्ने अत्यन्त पवित्र पर्व हो। यो पर्व आषाढ शुक्ल पूर्णिमाका दिन मनाइन्छ।
महर्षि व्यासको जन्मजयन्ती (व्यास पूर्णिमा) गुरु पूर्णिमालाई व्यास पूर्णिमा पनि भनिन्छ। बेद ब्यासले वेदहरूको संकलन, महाभारतको रचना तथा १८ पुराणहरूको सम्पादन गरेको मानिन्छ। उहाँलाई आदिगुरुको रूपमा सम्मान गरिन्छ। गुरुकुल परम्परा प्राचीन समयमा विद्यार्थीहरू गुरुकुलमा बसेर शिक्षा आर्जन गर्थे। गुरुले केवल शैक्षिक ज्ञान मात्र नभई नैतिकता, अनुशासन, संस्कार र जीवन जिउने कला पनि सिकाउँथे। गुरु पूर्णिमाका दिन शिष्यहरूले गुरुप्रति श्रद्धा र सम्मान व्यक्त गर्ने परम्परा बस्यो। बौद्ध परम्परा बौद्ध धर्ममा पनि यो दिन विशेष महत्त्वपूर्ण छ। गुरु पुर्णीमा को अवसरमा गुरु, शिक्षक तथा अभिभावकप्रति सम्मान र कृतज्ञता प्रकट गर्ने दिन का रूपमा लिने गरिन्छ,समाजमा ज्ञान र नैतिक मूल्यहरूको संरक्षण गर्ने सन्देश दिने पर्व का रूपमा बुझिन्छ ।“गुरुले अज्ञानको अन्धकार हटाई ज्ञानको ज्योति फैलाउनुहुन्छ। त्यसैले गुरुको स्थान जीवनमा सर्वोच्च मानिन्छ।“ यसैले “गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वरः। गुरु साक्षात् परब्रह्म, तस्मै श्री गुरवे नमः“भन्ने गरिन्छ।
आज गुरु पुर्णीमा का अवसरमा मेरो पहिलो गुरु, मेरो पहिलो शिक्षिका मेरी आमा सङ्गै मलाई शिक्षा , दीक्षा, ज्ञान र समाज प्रति जवाफदेही बन्न सिकाउने सम्पुर्ण गुरुहरु प्रती संमान प्रकट गर्न चाहान्छु। गुरु पुर्णीमाको शुभकामना ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १३ गते बुधबार