नयाँ दिल्ली: एकजना एयर होस्टेसको साथबाट प्रहरीले करोडौँ मूल्यको विदेशी मुद्रा बरामद गरेको छ । दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा खानतलासीका क्रममा प्रहरीले भारी परिमाणमा अवैध विदेशी मुद्रा बरामद गरेको हो ।
जेट एयरवेजकी एक एयर होस्टेसको साथबाट करिब ३.५ करोड भारतीय रुपैयाँ (५.६० करोड नेपाली रुपैयाँ) बराबरको विदेशी मुद्रा बरामद गरिएको हो ।
भारतीय सुरक्षा संस्था डीआरआईका अधिकारीका अनुसार एयर होस्टेसले खानाको प्याकेटसँगै अल्यूमिनियम फाइलमा ८०हजार अमेरिकी डलर राखेकी थिइन् । अधिकारीका अनुसार यो पैसा दिल्लीबाट हङकङ जाने जहाजमा राखिएको थियो । डीआरआईलाई एयरपोर्टमा तैनाथ कर्मचारीसँग मिलेर ठुलो मात्रामा अवैध विदेशी मुद्रा हङकङ लाँदै गरेको सूचना आएको थियो । यसै सूचनापछि डीआरआईले छापा मारेर एयर होस्टेसले खानाको प्याकेटसँगै राखेको ८० हजार अमेरिकी डलरसहितका विदेशी मुद्रा बरामद गरेको हो । Annapurna
प्रकाशित मिति : २०७४ पुस २५ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्