काठमाडौं, २५ पुस/    सशस्त्र प्रहरी बलको लेखा शाखामा लामो समयदेखि कार्यरत कर्मचारीहरूलाई हटाइने भएको छ । सशस्त्र मुख्यालय हल्चोकस्थित स्टोर शाखामा भएको आगलागी प्रकरणबारे अनुसन्धान जारी रहेकै बेला लेखामा कार्यरत कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिने भएको हो ।

गृह मन्त्रालयले सशस्त्र मुख्यालयलाई पत्र लेखी लेखा शाखाका पुराना कर्मचारीको जिम्मेवारी हेरफेर गर्न निर्देशन दिएपछि सशस्त्र प्रहरीको प्रशासन विभागले मातहतका सबै निकायलाई यसबारे पत्राचारसमेत गरेको छ ।