साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा



ललितपुर ।

ललितपुर महानगरपालिकाले आगामी साउन १५ गतेदेखि बालबालिका, अशक्त व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्यकर्मीमार्फत घरघरमै स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । नगरप्रमुख चिरीबाबु महर्जनले स्वास्थ्यमा कुनै समस्या आएमा महानगरको हटलाइन फोन नम्बर ११३१ मा सम्पर्क गर्नुहुन नगरवासीलाई अनुरोध गरे ।

तोकिएको हटलाइनमा बिमारीका फोन नं. प्राप्त हुनासाथ महानगरको एम्बुलेन्स, चिकित्सक, नर्स र आवश्यक औषधिसहितको स्वास्थ्य टोली बिरामीको घरमै पुगी उपचार गर्नेछ ।चिकित्सकले बिरामीका अवस्थाअनुसार उपचार गर्छन् । यद्यपि घरमा सम्भव नभएका बिरामीलाई सोही एम्बुलेन्समार्फत अन्यत्र अस्पतालमा पठाइने व्यवस्था समेत गरिएको छ । महानगरभित्र करिब दुई लाख ९४ हजार नागरिक रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार २५ गते बिहीबार