नेपाली ब्रो र उनकी प्रेमिकालाई थुनामा पठाउन आदेश



काठमाडौँ ।

काठमाडौँ जिल्ला अदालतले श्रीमती हत्या मुद्दामा ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा र प्रेमिका प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाे छ। न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बिहीबार उक्त आदेश दिएको हो।

प्रतिवादी विक्रम थापा मगर र सुजन थापा क्षेत्रीबाट जनही १ लाख धरौटी माग गर्ने आदेश समेत अदालतले दिएकाे छ । उनले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी हत्या गरेका थिए ।

गत जेठ २२ गते राति रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको हो।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १८ गते बिहीबार