तीन दिन देशभरका निजी विद्यालय बन्द हुने



काठमाडौँ/   निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले भोलि मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ ।

यसैगरी बैठकले आगामी मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म प्याब्सनका झण्डा झुकाउनेसमेत निर्णय गरेको उनले बताए । पोखरेलको निधनप्रति दुःख व्यक्त गर्दै प्याब्सनले यही पुस २९ गतेसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्नेसमेत निर्णय गरेको छ ।
उनी मुटु रोगबाट पीडित थिए । प्याब्सनका सल्लाहकारसमेत रहनुभएका ६७ वर्षीय डा पोखरेलको मंगलबार नै दाहसंस्कार गरिने भएको महासचिव बानियाँले बताए । विनायकसुधा (भिएस) निकेतनका संस्थापक प्रधानाध्यापकसमेत रहेका थिए ।
विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)बाट समानुपातिक सभासद् थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २४ गते सोमबार