नेपाल आमाको सम्मान र सम्झनामा आरती



कोहलपुर,२३ पुस/  दुःख निवारण महालक्ष्मी यज्ञको आयोजनामा कोहलपुरर शनिबार साझ दिप प्रज्वलन गरिएको छ ।

महालक्ष्मी यज्ञको तयारीकै क्रममा महायज्ञ स्थल नजिक आरती गर्दा यज्ञ प्रति सबैलाई जानकारी हुनेर र नेपाल आमा प्रति श्रद्धाभाव
प्रकट हुने गोविन्द शरण महाराजले बताए ।

शनिबार नेपाल आमाको सम्मान र सम्झनामा आरती गरिएको र यस आरतीबाट धर्तीमा अन्धकार हटाई सारा मनुश्यलाई ज्योति दिने लक्ष्य रहेको महालक्ष्मी यज्ञका संकल्प कर्ता गोविन्द शरण महाराजले प्रष्ट पारेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २३ गते आइतबार