जन आस्था सहकारीको नवौं साधारण सभा सम्पन्न



कोहलपुर,२३ पुस/   बाँकेको कोहलपुर नगरपालिका –११ मा रहेको जन आस्था बहुउद्देयीय सहकारी संस्थाको ९औं वार्षिक साधारण सभा शनिबार कोहलपुरमा सम्पन्न गरेको छ ।

सभाको बहुउद्देयीय सहकारी संघकी बाँकेकी उपाध्यक्ष नारायणी घिमिरेले दिप प्रज्वलन गरी उद्घाटन गरेकी थिइन् । सभामा संस्थाका अध्यक्ष डोलेश्वर भट्टराईले संस्थाको प्रगति प्रतिवेदन तथा कार्यायोजना प्रस्तुत गरेका थिए ।

संस्थाको प्रतिवेदन अनुसार आ व २०७३÷०७४ मा संस्थामा ३० प्रतिशतले सदस्यता वृद्धि भएको , २० दशमलब १ प्रतिशतले पूँजी वृद्धि भएको ,७८ दशमलब ५६ प्रतिशतले निपेक्ष वृद्धि ,८३ दशमलब १७ प्रतिशतले लगानी वृद्धि र ६ दशमलब ०५ प्रतिशतले खुद आम्दानीमा वृद्धि भएको उल्लेख छ ।

संस्थाले आगामी दिनमा संस्थाका सदस्यहरुलाई विभिन्न तालिम गराउने । कारोबारमा वृद्धि गराउने , समुह गठन , कृषि, पशुपालन ,शित भण्डार आदि सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमेरेले सहकारीले पहिलेको तुलनामा राम्रो हुँदै गएको र थप राम्रो बनाउनका लागि आफुले सक्ने सहयोग गर्न तयार रहेको बताइन् ।

त्यस्तै सहकारीका संस्थापक विष्णु बेल्बासले सहकारीले विभिन्न चुनौती पार गर्दै यो अवस्था सम्म आइपुग्न निकै मेहनत गरिएको र सो कार्यमा सहयोग गर्ने सबै प्रति आभारी रहेको बताए ।

त्यस्तै सहकारीका सस्थापक सदस्य नन्द देवकोटाले सहकारी पहिले तुलनामा उल्लेख्य विकास भएको बताए । सभामा उत्कृत बचतकर्ता गणेश राना ,कृष्ण डाँगी उत्कृष्ट ऋणी निर्मला चलाउने,जानकी खत्रीलाई सम्मान पत्र तथा नगद सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंककी प्रतिनिधि मुना लोहनी सिद्धविनायक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्णा राना लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष डोलेश्वर भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो भने सहकारीका संस्थाक तथा अहिलेका सचिव तेजु भण्डारीले कार्यक्रमको संञ्चालन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २३ गते आइतबार