नयाँ पाइलाको अध्यक्षमा विसी



कोहलपुर,२३ पुस/   बैजनाथ–६ बाँकेमा रहेको नयाँ पाइला कृषि सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभाबाट भानु भक्त विसीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको उपाध्यक्षमा प्रसादे सुनार, सचिवमा निर्मला रावत, कोषाध्यक्षमा हेमादेवी थापा क्षेत्री रहेका छन् ।

त्यस्तै सदस्यहरुमा खेमा थापा, मोहन कुमार उपाध्याय, प्रेम बहादुर थापा, तिलानाथ योगी र रणबहादुर बडवाल क्षेत्री रहेका छन् । त्यस्तै भिमबहादुर खत्रीको संयोजकत्वमा तीन सदस्यीय लेखासमिति समेत गठन गरिएको अध्यक्ष विसीले बताए ।

साधारण सभाको उद्घाटन गर्दै बैजनाथ गाउँपालिका–६ का वडाध्यक्ष भद्रबहादुर बस्नेतले सहकारीलाई गाउँपालिकाले सक्दो सहयोग गर्ने र सहकारीलई गाउँ
गाउँमा शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउने कार्यक्रम गर्नुपर्ने बताए ।

त्यस्तै जिल्ला सहकारी संघका सदस्य नवराज उपाध्यायले सहकारीहरु नीति, विधि र प्रविधिमा चल्नु पर्ने बताए । दर्पण कृषि सहकारी संस्थाका अध्यक्ष नैने
रोकाय र कोहलपुर सहकारी सञ्जालका सिचव गणेश रिजालले साधारण सभाको शुभकामना मन्तव्य राखेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २३ गते आइतबार