नेपालगञ्ज,२२ पुस/ नेपालगञ्ज उपमहानगरपालिका भित्र रहेको जेब्रा क्रसिङमै गाडी पार्किङ गर्ने गरेको पाईएको छ । नेपालगञ्ज भित्र रहेको जेब्रा क्रसिङमा नगरभित्रै चल्ने बस, अटो रिक्सा, मोटरसाईकल, साइकल लगायतका गाडी जेब्रा क्रसिङ भित्रै राख्ने गरेको पाईएको छ ।
चोक–चोकमा रहेको जेब्राक्रसिङ सर्वसाधारण यात्रु ओहार–दोहारको लागि बनाईए पनि त्यसको वास्ता नगरी पार्किङ गर्ने गरेको पाईएको हो ।
सर्वसाधारण यात्रुहरुको लागि बनाईएको जेब्राक्रसिङको वास्ता नै नगरी गाडी जेब्राक्रसिङ भित्रै पार्किङ गर्दा सर्वसाधारणलाई पैदल हिड्न र सडक वारपार गर्न जोखिम समेत बढेको छ ।
नगरभित्र गाडी पार्किङको व्यवस्था नरहेको कारण यात्रु ओसारपसार गर्न जेब्राक्रसिङमै गाडी रोकीने गरेको गाडी चालकहरु बताउछन् ।
यस्तै यात्रुलाई सहज होस भनेर नेपालगञ्जको चारलेन सडकमा बनाइएको जेब्रा क्रसिङले यात्रुलाई सास्ती भएको छ ।









प्रतिक्रिया दिनुहोस्