विविध कार्यक्रम गरी मनाइयो लुईसब्रेल डे



कोहलपुर,२२ पुस/   त्रिभुवन नमूना मावि कोहलपुरमा विविध सांस्कृतिक कार्याक्रम गरी २०९ औ लुईसब्रेल डे शुक्रबार मनाइएको छ । विद्यालयमा गठित अपाङ्ग प्रतिभा बाल क्लबको आयोजनामा गरिएको कार्यक्रममा क्लबका प्रतिनिधि तथा विद्यालयका अन्य विद्यार्थीहरुले प्रतिस्पर्धात्मक गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।कार्यक्रममा समाज सेवा संस्था नेपालका प्रतिनिधिहरुले मानव बेचविखन विरुद्ध सडक नाटक समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर ावतको प्रमुख आतिथ्यतामा भएको कार्याक्रममा कोहलपुर नगरपालिका वडा न.१५ का वडा अध्यक्ष पतिराम थारु वडा न. १४ का वडा सदस्य मान गुरुङ ,वडा सदस्य शान्ति सुनार, बागिना कला केन्द्रका अध्यक्ष गणेश विष्ट, अपाङ्ग नव जिवन केन्द्रका प्रतिनिधि
जनक बडुवाल,नगर स्तरीय बाल क्लब संञ्जाल कोहलपुरका अध्यक्ष प्रदिप आर्चाय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष लाल बहादुर राना ,सृजना बाल प्रा.वि का प्रधानाध्यापक डिल बहादुर थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम क्लबकी अध्यक्ष पुजा कडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २२ गते शनिबार