गाडीले ठक्कर दिँदा २ स्कुले बालकको मृत्यू



कोहलपुर,२२ पुस/  पुर्व पश्चिम राजमार्ग अन्तरगत कोहलपुर ढकेरी सडक खण्डको रोहिणी खोला नजिक मालवाहक ट्रकले ठक्कर दिदा शुक्रबार एक बालकको ज्यान गएको छ । पूर्व दुखि पश्चिमतर्फ गईरहेको से.१.ख १२७७ नं को ट्रकले ठक्कर दिदा कोहलपुर नगरपालिका— १२ का ७ वर्षिय बालक विजन रानाको ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको बताइएको छ । घटना भइसकेपछि अवरुद्ध भएको सडक ५ घण्टा पछि सञ्चालनमा आएको थियो ।
यस्तै कोहलपुर नगरपालिका–१२ मा रहेको दिप ज्योती विद्याश्रम चपरगौडीको स्कुल बसले किच्दा शुक्रबार एक बालको मृत्यु भएको छ । भे.१.ख १९६८ न.को बसले किच्दा सोही विद्यालयमा मा एल.के.जीमा अध्ययनरत कोहलपुर –२ वर्दहवाका ५ वर्षिय बालक समिर थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । बसलाई ब्याक गर्ने क्रममा घटना भएको र यस बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २२ गते शनिबार