नेपालगञ्ज, २० पुस/ अन्तरालले बाँके निर्वाचन क्षेत्र न.ं २ प्रदेशसभा (ख) बाट नव निर्वाचित प्रदेशसभा सदस्य सुरेन्द्र हमाललाई एक कार्यक्रम गरी स्वागत सहित बधाई दिएको छ । अन्तराल मिडियाका प्रमुख कार्यकारी जयनारायण शाहले हमाललाई खादा ओढाई बधाई ज्ञापन गरेका थिए ।
सो अवसरमा सभाषद हमालले अन्तरालका विविध गतिविधिहरु झल्किने तस्वीरहरुको अवलोकन समेतगरेको थिए । ‘उहाँले अन्तराल फोटो बैङ्कको अवलोकनगर्नुभयो’ –शाहले भने ‘पूराना फोटोहरु हेरेपछि उहाँ भावुकहुनु भयो ।’ अन्तरालले दुर्लभ र विविध विषयका फोटोहरु संरक्षण अभियानजारी राखेकोमा हमाल खुसी हुनु भएको छ ।
पmोटो बैङ्क अवलोकन पछि प्रतिक्रिया दिदै पूर्वओलम्पियन समेत रहेका प्रदेश सभा सदस्य हमालले भने–‘यो इतिहास जोगाउने अभियानमा सबैले सघाउनुपर्छ’ ।
प्रकाशित मिति : २०७४ पुस २० गते बिहीबार









प्रतिक्रिया दिनुहोस्