प्रीत ट्याक्टरले ग¥यो नेपालगन्जमा रोड शो



नेपालगञ्ज, २० पुस/  प्रीत टे«क्टरले बिहिबार नेपालगन्जमा रोड शो सुरु गरेको छ । बिहिवार एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रित ट्याक्टरका कन्ट्री म्यानेजर प्रकाशसिंह राठोर र यूनाइटेड मोटर्स सप्लायर्स प्रालिका मार्केटिङ म्यानेजर डम्बर विसीले संयुक्तरुपमा रोड शोको उद्घाटन गरेका हुन् ।

उद्घाटन पश्चात दर्जनौ प्रीत ट्याक्टरले नेपालगञ्ज लगायत विभिन्न स्थानमा रोड शो गरेका थिए । रोड शो अवधिभर प्रीत ट्याक्टरको खरीदमा विशेष अफर समेत सार्वजनिक गरिएको छ । प्रीत ट्याक्टरका कन्ट्री म्यानेजर राठोरका अनुसार प्रीत ट्याक्टरको खरीदमा बजाज कम्पनीको मोटरसाईकल वा दुई हजार लिटर डिजल फ्रि, ३२ इन्चको एलईडी टिभी, एक वर्षको कर र वीमा फ्रि मध्ये एक उपलब्ध हुने उनले जानकरी गराएका छन् ।

बाँके, बर्दिया लगायतका कृषक माझ प्रीत ट्याक्टर लोकप्रीय रहेको विसीले बताए । अरु भन्दा भिन्न र फरक क्षमता राख्न यो टे«क्टर लोकप्रीय बन्दै गएको उहाँले बताउनुभयो । रोड शो अवधिभर प्रित ट्याक्टरले करिव १० वटा ट्याक्टर विक्री गर्ने लक्ष्य राखेको छ । प्रीत ट्याक्टर हालसम्म बाँकेमा १ सय २० वटा विक्री भैसेकेको छ भने बाँकेमै करिव १८ वटा कम्पनीको ट्याक्टर शो रुम रहेको उनले जानकारी गराए । हाल बाँकेमा सबै कम्पनीको गरी ९ सय ५० वटा ट्याक्टर विक्री भैसकेको कम्पनीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २० गते बिहीबार