हुम्ला ।
हुम्ला जिल्ला अस्पताल सिमकोटमा एक जना डेंगु सङ्क्रमित फेला परेका छन् । अस्पतालमा उपचाररत सिमकोट गाउँपालिका–२ का ४५ वर्षीय मोती सुनारको स्वाब परीक्षण गर्दा डेङ्गु पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक उमाकान्त तिवारीले बताए ।
उनका अनुसार सुनार तीन दिनअघि उपचारका लागि जिल्ला अस्पतालमा आएका थिए । हाल अस्पतालमै भर्ना गरेर उनको उपचार भइरहेको छ । परीक्षणका क्रममा डेंगु पुष्टि भएपछि केही दिन अझै अस्पतालमै राखेर उपचार गरिने प्रमुख चिकित्सक तिवारीले बताए ।
जिल्ला बाहिर ननिस्केका सुनारलाई हुम्लामै डेंगु देखिएको चिकित्सक तिवारीले बताए । मौसममा आएको परिवर्तन र तापक्रम वृद्धि भएसँगै लामखुट्टे देखिन थालेकाले यस्तो सङ्क्रमण फैलिएको हुनसक्ने उनको भनाइ छ ।
प्रकाशित मिति : २०८३ वैशाख १७ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्