एजेन्सी : उत्तर कोरियाका नेता किम जोन उनले २०१८ मा दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिकमा आफ्नो राष्ट्र पनि आयोजकको रुपमा सहभागिताका लागि दक्षिण कोरियासँग संवाद गर्न तयार रहेको बताएका छन् । नयाँ वर्ष २०१८ को अवसरमा सोमबार बिहान टेलिभिजनमार्फत गरिएको भाषणमा किमले यस्तो अभिव्यक्ति दिएको सिहन्वाले जनाएको छ ।
उत्तर कोरिया स्थापनाको ७० औं वर्षगाँठ हुनु र दक्षिण कोरियाले शीतकालीन ओलम्पिक आयोजना गर्न लागेकाले कोरियाली प्रायद्वीपका लागि २०१८ महत्वपूर्ण वर्ष हुने किमले बताए।
शीतकालीन ओलम्पिकको सफलताको कामना गर्दै किमले उक्त अवसरको भागीदार बन्नका आवश्यक कमद चालिने जसका लागि उत्तर-दक्षिण वार्ता गर्ने योजना बनाएको दावी गरेका छन् ।
उत्तर र दक्षिण कोरियाबीच रगतको नाता रहेको बताउँदै किमले छिमेकी भएका नाताले एक अर्काले आयोजना गरेको गतिविधिमा सहायता पुर्याउनु कर्तव्य भएको बताए ।
फेब्रुवरीमा हुन लागेको ओलम्पिक खेलमा दुई कोरियाको एउटै टीम बनाएर सहभागी हुन पनि किमले दक्षिण कोरियासँ आग्रह गरका छन् । भाषणमा उनले दुवै देशबीच शान्तिपूर्ण शान्तिपूर्ण वातावरण निर्माणका लागि शैन्य गतिविधि कम गर्नु आवश्यक रहेको बताएका छन् ।
२०१७ उत्तर कोरियाको सफल वर्ष
यसै भाषणमा नेता किम जोन उनले सन २०१७ आफ्नो राष्ट्रका लागि सफल वर्ष भएको बताएका छन् । उनले २०१७ मा उत्तर कोरिया परमाणु शक्ति सम्पन्न राष्ट्र बन्न सफल भएको दावी गरेका छन्। परमाणु हतियारको विकासलाई नरोक्ने तर त्यसको प्रयोग देशमाथि आइपर्ने सुरक्षा खतरालाई रोक्नका लागि मात्रै हुने अभिव्यक्ति मिले दिएका छन्।
दक्षिण कोरियाली समाचार एजेन्सी योनापमा अनुसार २०१७ को पहिलो दिन किमले आफूहरु अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल निर्माण सुरु गर्ने अन्तिम तयारीमा रहेको बताएका थिए। २०१७ मा विभिन्न चरणमा गरी ६ वटा लामो दूरीका अन्तरमहादेशीय मिसाइल परीक्षण गरेको उत्तर कोरियाले २९ नोभेम्बरमा ‘ह्वासंग १५’ नामको अन्तरमहादेशीय मिसाइल परीक्षण गरेसँगै आफू पूर्णरुपमा परमाणु शक्ति सम्पन्न भएको दावी गरेको थियो।
प्रकाशित मिति : २०७४ पुस १७ गते सोमबार









प्रतिक्रिया दिनुहोस्