काठमाडौं,१६नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री हुनु भन्नेहरु एकता बिरोधि भएको बताएका छन ।शनिबार एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित ‘नेपाल नवनिर्माण महाअभियान’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वाम गठबन्धन टुटाउनको लागि विभिन्न खेल भइरहेको बताए ।
‘कतिपयले प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री हुनु भनेका छन् । उनले भने-उहाँलाई मायाँ गरेर यसो भनेका होइनन् । तिनीहरुले देश बनाउन खोजेका होइनन् । देश बिथोल्न खोजेका हुन् । यो बिथोल्न सम्भव छैन ।’ संविधान बारे छलफल गर्नु पर्ने भए तिथिमितिसहित छलफल गर्न तयार भएको ओलीले बताए ।
एमाले–माओवादी केन्द्रबीचको एकता भाँड्नको लागि लोकतान्त्रिक गठबन्धनबाट प्रचण्डलाई प्रधानमन्त्रीको अफर गरिएको बताएका छन् । ‘गठबन्धनलाई तोड्न थुपै प्रयास भएका छन्’, ओलीले भने, ‘त्यो काम लाग्दैनन । राष्ट्र निर्माणमा हाम्रो दायित्व, हाम्रो काँधमा अभिभारा, जनताले सुम्पेको जिम्मेवारी अगाडि र चुनौति देखेका छौँ ।’
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत सहभागी उत्त कार्यक्रममा ओलीले व्यंग्य गर्दै भने, ‘एक लोकतान्त्रिक पार्टीले एक नेतालाई अफर गर्छ, पाँच वर्ष तपाईलाई ।’ ओलीले वाम गठबन्धनको बहुमत आएको भन्दै विकास गर्ने संकल्प गरे ।
प्रकाशित मिति : २०७४ पुस १६ गते आइतबार









प्रतिक्रिया दिनुहोस्