मिसन सामाचारदाता कोहलपुर, १५ पुस / कोहलपुर नगरपालिका –२ मा रहेको गोरखा युनाइटेड पब्लिक स्कुलमा सातौं ‘संंस्थापक फुटवल कप’ प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ । हरेक वर्ष खेलकुद सप्ताहको रुपमा संचालन गर्दै आईरहेको गोरखाले यस वर्षपनि ४ वटा सदनका छात्रा÷छात्रहरु बीच अन्तर सदनात्मक फुटवल प्रतियोगिता गराउन लागेको हो । विद्यालयका संचालक अध्यक्ष केशर बहादुर आलेले फुटवल हस्तान्तरण गरेर खेलको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै आलेले विद्यार्थीहरुलाई शिक्षा मात्र ज्ञान नदिई आफुभित्रको प्रतिभालाई खेलको माध्यमबाट पहिचान गरी चौतर्फि विकासमा जोड दिन खेलकुद प्रतियोगिताको आयोजना गरिएको बताए ।
उनले खेल विद्यार्थीको निम्ति आफ्नो क्षमता प्रर्दशन गर्ने अवसर समेत भएको बताए ।
उद्घाटन खेलमा शुक्रबार छात्रातर्फ निलो र पहिलो सदनले १÷१ गोल गरी तीन अङ्क प्राप्त गर्न सफल भए भने छात्रतर्फ चार सदन बीच बराबर भई १÷१ अङ्क प्राप्त गर्न सफल भएका छन् । वि.स. २०६८ सालदेखि विद्यालयका संस्थापकहरुको आफ्नै छुटै कोषबाट संचालन हुँदै आइरहेको यस प्रतियोगिता पौष महिनाभरी हरेक शुक्रबार संचालन हुनेछ ।
उक्त खेल प्रतियोगिताको अन्तिम दिन कक्षा ११ र कक्षा १२ का विद्यार्थी, संस्थापक, शिक्षक तथा कर्मचारीहरु बीच मैत्रीपुर्ण फुटवल खेल पनि हुने विद्यालयले जनाएको छ ।
खेल प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १० हजार, द्धितीयलाई रु ६ हजार दिइने छ भने संस्थापक, शिक्षक तथा कर्मचारीतर्फ बिजेतालाई रु.८ हजार नगद पुरस्कार दिईने खेल संयोजक राजु बि.क.ले जानकारी गराएका छन् ।
प्रकाशित मिति : २०७४ पुस १५ गते शनिबार









प्रतिक्रिया दिनुहोस्