सोल्टी होटलमा पूर्वराजाले भेटे समर्थन देखि जनप्रतिनिधीसम्म



मध्य र सुदूरपश्चिमको भ्रमणका लागी नेपालगन्ज आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले होटल सोल्टीमा शुक्रबार बिहानैदेखि भेटघाट जारी राखेका छन्।

पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमल, बुहारी हिमानी र छोरी प्रेरणासहित बिहीबार अपरान्ह नेपालगन्ज आइपुगेका थिए।
होटल सोल्टीमा बास बसेका पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न बाँके, बर्दियालगायत जिल्लाबाट उनका समर्थकहरु आएको राप्रपाका केन्द्रीय सदस्य ऋषि राज देवकोटाले जानकारी दिनुभयो ।
उच्च स्रोतका अनुसार शुक्रबार दिनभर राजाले समर्थकहरुका साथसाथै राजनितिक व्यक्तिहरु समेत भेटघाट गरेका थिए । पूर्व राजपरिवार सदस्यलाई भब्य स्वागत गरिएको थियो।
नेपालगन्ज उपमहानगरपालिका प्रमुख, उपप्रमुख, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राप्रपाका नेता, कार्यकर्ता, राजावादी लगायतले स्वागत गरेका थिए।
पूर्वराजा ज्ञानेन्द्रको परिवार करिब १५ दिनसम्म मध्य र सुदुर पश्चिमका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गर्ने निजी सचिवालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस १५ गते शनिबार