गाउँसभाले सुकिदह गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गरेको विरोधमा स्थानीयले तालाबन्दी गरेका हुन् ।
२९ मंसिरमा बसेको गाउँसभाले सुकिदेहको नाम परिवर्तन गरी गंगादेव र केन्द्र सुखाओढारलाई परिवर्तन गरी सानडाँडा राख्ने निर्णय गरेको थियो ।
गाउँसभाको निर्णय विरुद्ध सुकिदहमा स्थानीयले विरोध प्रर्दशन समेत गरेका छन् ।
निर्णय सच्चाउन माग गरिएको ज्ञापनपत्र उपाध्यक्ष रिता घर्तीले नबुझेपछि स्थानीयले वडा तथा गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।
केन्द्र सार्ने र नाम परिवर्तन गर्ने निर्णय सच्याउन माग गर्दै स्थानीयले २७ सदस्यीय संघर्ष समिति समेत गठन गरेका छन् ।
निजी स्वार्थका लागि परिवर्तन गरिएको गाउँपालिकाको नाम र अपायक ठाउँमा राखिएको केन्द्र कुनैपनि हालतमा मान्य नहुने संघर्ष समितिका संयोजक रोशनकुमार वलीले जानकारी दिए ।
जीवन डाँगी, रोल्पा
प्रकाशित मिति : २०७४ पुस ३ गते सोमबार









प्रतिक्रिया दिनुहोस्