मिसन सामाचारदाता, पुस ०३/ स्थानीय सरकार कार्यसंचालन सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम आइतबार देखि नेपालगञ्जमा सम्पन्न भएकोे छ । बाँकेको बैजनाथ गाउँपालिकाको आयोजनामा संञ्चालन गरिएको कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले बैजनाथ गाउँपालिकाले स्थानीय सरकारको भूमिकामा काम गर्नु पर्ने भएकाले त्यो प्रत्यक्ष रुपमा स्थानीय जनतासँग जोडिएको बताए ।
स्थानीय सरकार संचालन कार्यविधि सम्बन्धी अभिमुखीकरण तालिम लिर्दै
गाउँपालिका प्रमुख मानबहादुर रुचालले गाउँपालिकामा काम गर्दा आइपरेका समस्याहरुलाई सम्बोध गर्न र सिकाई आदानप्रदान गर्नका लागि सहज होस् भनेर कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रमका सहभागीहरुलाई गाउँपालिकाका उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माले स्वागत गर्नुका साथै कार्यक्रमको उद्देश्य माथि जानकारी गराएकी थिइन् । कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै उनले गाउँ सभामा महिला, दलित, जनजाति तथा पछाडि पारिएको समुदायका व्यक्तिहरु निर्वाचित भई आएका
छन् । उनीहरु सवैको बुझाईको स्तर समान भई नसकेको छैन । सवै निर्वाचित प्रतिनिधिहरुको आ–आफ्नो भूमिकाको बारेमा साझा बुझाई होस् भनेर कार्यक्रमको आयोजना गरिएको जानकारी गराईन ।
साझेदार संस्था इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायाले संघीयता, स्थानीय सरकार र स्थानीय सरकार संचालनका लागि भएका व्यवस्था तथा जननिर्वाचित प्रतिनिधिहरु, कर्मचारीहरुको कामकर्तव्य र अधिकारहरुको बारेमा साझाबुझाई कायमगर्नका लागि कार्यक्रमको आयोजना गरिएको बताए ।
युएसए आईडी साझेदारी विकास परियोजनाका महेश नेपालले यस्ता कार्यक्रमहरु स्थानीय तहमा संचालन गर्दा सहज रुपमा कार्य सम्पादन गर्नमा मद्दत पुग्ने हुनाले आफुहरु यो कार्यक्रममा जोडिएको र यसरी जोडिन पाउँदा आफुलाई खुसी लागेको बताए ।
अमेरिकी सहयोग नियोग तथा साझेदारी विकास परियोजनाको सहयोग तथा इन्रुडेक बाँकेको सहकार्यमा आयोजित कार्यक्रमको सहजिकरणको लागि प्रशासनिक अदालतका अध्यक्ष, उच्च स्तरीय प्रशासन सुधार तथा कर्मचारी समायोजन समितिका संयोजक एवम् संविधानविद काशीराज दाहाल, नेपाल टेलिभिजनका प्रमुख कार्यकक्रम उत्पादक तथा लैगिंक विश्लेषक आरती चटौतले लगाायतले सहजीकरण गरेका थिए । कार्यक्रम गाउँसभाका सम्पुर्ण सदस्यहरु, वडा सचिवहरु, विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु गरी करिव ६० जनाको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्