भीम रावत ,कोहलपुर, २७ मंसिर / “सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान ” भन्ने नारा सहित यही मंसिर २८ गतेदेखि पुष ५ गतेसम्म नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा हुने महोत्सवको तयारी पुरा भएको आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक वुद्धि प्रसाद अधिकारीले महोत्सवको तयारी अन्तिम चरणमा पुग्न लागेको जानकारी गराउँदै अधिकारीले महोत्सवले बाँके मात्र नभई यस आसपासका जिल्लाहरु सँगै सिङ्गो पश्चिम नेपालमै ‘पडौं र पढाऔं’ संस्कृतिको विकास गराई सभ्य एवं शालिन समाजक निर्माणको अभियानमा एउटा कोशे ढुङ्गा सावित हुने विश्वास लिएको बताए ।
करिब २ लाख दर्शक एवं साहित्यपे्रमीहरुलाई अवलोकन गराउने लक्ष्य सहित आयोजना गरिएको “ आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव–२०७४” १ सय ४० भन्दा बढी स्टलहरु रहने आयोजकले जानकारी गराउको छ । स्टल निर्माण, बाल उद्यान निर्माण लगातका प्राविधिक कामहरु अन्तिम चरणमा रहेको र बुधबार सम्म पुरा हुने छन् । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ । महोत्सवलाई थप मनोरन्जनात्मक बनाउन, कला र संस्कृति जगेर्ना गर्नका लागि स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट गीत तथा नृत्य प्रस्तुत गर्नुका साथै अवलोकनकर्ता तथा सहभागीताका लागि खाजाघर एवं प्राथमिक उपचार कक्ष राखिने संयोजक अधिकारीले बताए । ।
महोत्सवमा राखिने स्टलहरुमा विभिन्न मसलन्द तथा शैक्षिक सामाग्रीका राष्ट्रिय उत्पादनहरु, बैदेशिक उच्च शिक्षाका लागि क्रियाशील कन्सल्टेन्सीहरु, सूचनामूलक कम्प्युटर सम्बन्धी एजेन्सीहरु राखिने नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका केन्द्रीय महासचिब नवनिधी पन्थले जानकारी दिएका थिए ।
महोत्सवका माध्यमबाट नेपालगन्जको ऐतिहासिक र पुरानो महेन्द्र पुस्तकालय लगायत पुस्तकालयहरुको प्रचारप्रसार गरी संरक्षण तथा सम्बद्र्धनमा ध्यानाकर्षण गराउने , पठन संस्कृतिको अभियानमा लागि पर्ने व्यक्ति, संघसस्थाहरुसँग सहकार्यमा सामाजिक रुपान्तरणको अभियान सञ्चालन गर्दै जिम्मेवार व्यवसायी संस्थाको रुपमा स्थापित गर्ने, व्यवसायीहरुको दक्षता र क्षमता अभिवृद्धि गराई व्यवसायलाई प्रर्वद्धन गर्दै सामाजिक दायित्वबोधका साथ सक्षम तुल्याउने लक्ष्य रहेको छ आयोजकले बताएका छन् । सात दिन सम्म सञ्चालन हुने महोत्सवको उद्घाटन महामहिम उपराष्ट्रपति नन्द बहादुर पुनले उद्घाटन गर्ने आयोजकले जानकारी गराए ।
प्रकाशित मिति : २०७४ मंसिर २७ गते बुधबार









प्रतिक्रिया दिनुहोस्