लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । अन्य कलस्टरतर्फ सात हजार सात सय २५ मत ल्याएर ठाकुर राष्ट्रिय सभामा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण पौडेलले एक हजार आठ सय पाँच मत पाएका छन् । ठाकुर नेपाली कांग्रेस, नेकपा एमाले, जसपा र जनमत पार्टीको गठबन्धनबाट उम्मेदवार थिए ।
प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार









प्रतिक्रिया दिनुहोस्