बाँकेमा उत्साहपूर्ण मतदान Update



डिल्ली शाही, कोहलपुर/  मंसिर २१, प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन अन्र्तगत बाँके पनि उत्साहपूर्ण मतदान सुरु भएको छ । निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले तोकीएको छ ।

 

प्रहरी नायव निरीक्षक राठोरका अनुसार ज्ञानज्योति मावि बगिया मतदान स्थलमा पाँच मतदान केन्द्रमा ४० जना कर्मचारी र २५ जना सुरक्षाकर्मीहरु रहेका छन् ।

 

 

 


बाँकेमा ३ निर्वाचन क्षेत्र र २ लाख ७६ हजार ७ सय १८ मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा ९८ हजार ३२०, मतदाता रहेका छन् । क्षेत्र नम्बर १ को प्रदेश १ मा ४७ हजार १९ र प्रदेश २ मा ५१ हजार ३०१ मतदाता रहेका छन् । क्षेत्र नम्बर २ मा ८२ हजार ९४९ मतदाता रहेका छन् । क्षेत्र नम्बर १ को प्रदेश १ मा ४२ हजार २५ र प्रदेश २ मा ४० हजार ९२४ मतदाता रहेका छन् ।


यसैगरी क्षेत्र नम्बर ३ मा ९५ हजार ४४९ मतदाता रहेका छन । क्षेत्र नम्बर ३ को प्रदेश १ मा ५१ हजार ११७ र प्रदेश २ मा ४४ हजार ३३२ मतदाता रहेका छन ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २१ गते बिहीबार