निर्वाचनलाई लक्षित गरी सुरक्षा चेकजाँचमा कडाई



कोहलपुर, २० मंसिर/  यही मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभ र प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थालाई अझ कडा पारिएको छ ।

बाँके जिल्ला सुरक्षा समितिको निर्णय अनुसार, जिल्लाको समग्र सुरक्षा व्यवस्था कडा पारिएको बाकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के.सी.ले बताए । सुरक्षा श्रोतका अनुसार जिल्लाका सबै संवेदनशील स्थानहरुमा नेपाली सेनाले वेश स्थापना गरिसकेको छ ।

आवश्यकता अनुसार, सेनाले सुरक्षा गस्तीलाई तिव्रता दिन थालेको छ । ‘भारतसँगको सिमाना पूर्ण रुपमा शिल गरिएको छ’, ‘मतदानको भोलिपल्ट विहानसम्म भारतसँगको सीमा नाकामा आवागमन बन्द छ ।’ बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले भने ।

निर्वाचनका समयमा कुनैपनि घटना भएको खण्डमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली १० मिनेटमा पुग्न सक्ने गरी सुरक्षा योजना बनाएको बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक बहादुर तामाङ्गले सबै मतदान स्थलमा प्रहरी पुगिसेको जानकारी दिएका छन् ।

बाँकेका सबै निर्वाचन क्षेत्रमा नियमित र आकस्मिक गस्तीहरु र चेकजाँचलाई कडा पारिएको तामाङ्गले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २० गते बुधबार