रावन बिश्वकर्मा, बाँसगढी, बर्दिया, १७ मंसिर/ बर्दियाका भुमिहिन सुकुम्बासी किसानहरुले आफ्ना समस्याहरु जिउका तिहुँ रहेको गुनासो गरेका छन । बर्दियाको गुलरियामा शनिबार भएको भुमिको सवालमा प्रतिनिधी सभाका उमेद्धारहरु सँग रेडियो सम्बाद कार्यक्रममा उनीहरुले आफ्ना समस्याहरु प्रतिनिधी सभाका उमेद्धारहरु सँग राख्दै आफ्ना समस्याहरु अझै जिउका तिहुँ रहेको गुनासो गरे ।
बिभिन्न चरणका निर्वाचनमा सबै पाटीले आफ्नो घोषणा पत्र, भाषण र कुरामा मात्रै आश्वस्त पारेकोे तर कसैले आफ्ना समस्याहरुको सम्बोधन गर्न अग्रसर नदेखिएको बताए । उनीहरुले अब आफ्ना समस्याको सम्बोधन गर्न सक्ने उमेद्धारलाई मात्रै मतदान गर्ने भनेका थिए ।
कार्यक्रममा प्रतिनिधी सभा बर्दिया क्षेत्र नम्बर १ का लोकतान्त्रीक गठबन्धनका नेपाली काँग्रेसका उमेद्धार तथा सिँचाई मन्त्री संजय कुमार गौतम, वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान मन्त्री वामदेव गौतम, नयाँ शक्ति पाटी नेपालका केशवराज पौडेल, नेपाल दलित पाटीका मेघबहादुर कामी, एकिकृत राष्ट्रिय प्रजातन्त्र पाटी राष्ट्रबादीका रामचरण थारु, बिबेकशिल साझा पाटीका चन्द्रकान्त शर्मा ढकाल र देश भक्त जनगणतान्त्रीक मोर्चा नेपालका लोकराज जैशीले सहभागीहरुको प्रश्नको जवाफ दिदै भुमि अधिकारको सवालमा पाटी र व्यक्तिगत धारणा तथा चुनाबी घोषणा पत्र सहिति आफ्नो प्रतिबद्धता जनाएका थिए ।
भुमि अधिकार मञ्च बर्दियाका अध्यक्ष केश बहादुर बिकको अध्यक्षतामा भएको कार्यक्रमको बारेमा भुमिअधिकार मञ्चका कार्यक्रम संयोजक होमेन्द्र थापाले स्वागत मन्तव्य सहित कार्यक्रमको बारेमा प्रकास पारेका थिए । कार्यक्रमको संञ्चालन रेडियो गुर्वाबा एफएमका स्टेशन म्यानेजर पुष्पा चौधरीले गरिकी थिईन । भुमि अधिकार मञ्च बर्दिया र रेडियो गुर्बाबा एफएमको संयुक्त आयोजनामा सामाजिक न्याय र समुन्तीको लागी भुमि अधिकार भन्ने मुल मर्म सहित भुमिको सवालमा प्रतिनिधी सभाका उमेद्धारहरु सँग रेडियो सम्बाद कार्यक्रम भएको हो ।









प्रतिक्रिया दिनुहोस्