नेपालद्वारा प्रारम्भिक टोली घोषणा



काठमाडौँ ।

आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक चरणको प्रशिक्षण क्याम्प घोषणा भएको छ । क्याम्पका लागि २४ खेलाडी बोलाइएका छन् । एनपीएलमा शानदार प्रदर्शन गरेका उदीयमान खेलाडी घोषित शेर मल्ल पनि क्याम्पमा परेका छन् । यस्तै विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जीसी, इशान पान्डे र बसिर अहमद पनि परेका छन् । क्याम्प आज सोमबार गतेदेखि हुनेछ ।

टी–२० विश्वकप आगामी फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा हुँदैछ । खेलाडीहरू रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरि, नन्दन यादव, सन्दीप लामिछाने, आरिफ सेख, आदिल अन्सारी, शेर मल्ल, भीम सार्की, विनोद भण्डारी, अविनाश बोहरा, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी, लोकेस बम, करण केसी, साहब आलम, इशान पाण्डे, बसिर अहमद, प्रतिस जीसी र रुपेश कुमार सिंह रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ७ गते सोमबार