सूचनाको हक सम्बन्धी शिविर सन्चालन



नेपालगन्ज १४ मंसिर/  यूएनडिपीको सहयोग तथा सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, बाँकेको आयोजनामा मालपोत कार्यालय अगाडि सूचनाको हक शिविर(आरटिआई क्लिनिक)  सन्चालन भएको छ ।

सो सुचनाको हक शिविर (आरटिआई क्लिनिक) मा सूचनाको हक, सूचना माग गर्ने तौरतौरिका र नेपालमा रहेको कानुुनी प्रक्रियाको बारेमा सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, बाँकेका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले जानकारी दिनुु भएको थियो ।
यो सूचनाको हक  शिविर(आरटिआई क्लिनिक) ले सार्वजनिक निकायमा सूचनाको हकमा सचेतीकरण गर्ने र विकास हुुनलाई आम नागरिकमा सूचनामा सहज पहँुुच गराउने कार्य गर्दछ ।
सो कार्यक्रममा सामाजिक सद्भाव, शान्ति र सुुशासनका बारेमा जानकारी समेत जानकारी गराईएको थियो । स्थानीय निकायमा पारदर्शिता, सुुशासन र जवाफदेहिता कायम गर्न सूचनाको हक ज्यादै महत्वपूर्ण रहकोले यो कार्यक्रमको आयोजना गरिएको सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, बाँकेका कार्यक्रम संयोजक लक्ष्मी  तिवारीले  जानकारी दिनुुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १४ गते बिहीबार