नेपालगञ्ज, १३ मंसिर/ बाँके क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उम्मेदवार संघिय समाजवादी फोरम नेपालका ईस्तियाक राईले बजार केन्द्रित चुनावी प्रचार अभियान तिब्र पारेका छन् ।
नेपालगन्जको बजार छेउछाउका अधिकांश वडामा घरदैलो गरिसकेका राईले बुधबार नेपालगन्जको सल्यानीबाग, गणेशपुर, लगायत वडा नं.४ का विभिन्न टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
हातले समातेको मसाल चिन्ह अंकित पार्टीको झण्डाका साथै राष्ट्रिय झण्डा सहित राई घरदैलोमा पुग्दा मतदाताहरु उत्साहित हुने गरेको बताइएको छ ।
राष्ट्रिय झण्डा सहित राईले घरदैलो गरेर ‘राष्ट्रियता, धार्मिक तथा सामाजिक एकता’ को सन्देश दिइरहेका छन् । चुनावी माहोल तत्ताउन उनी केही समयदेखि निकै सक्रिय रुपमा घरदैलो लागिरहेका छन् । ‘लगभग घरदैलो पुरा गरिसकेको छु, नेपालगन्ज बजार एरियाका केही वडा मात्रै बाँकी छन, त्यो पनि एक÷दुई दिन भित्रमा सम्पन्न गर्ने सोच छ,’ राईले भने ।









प्रतिक्रिया दिनुहोस्