‘महादान’ नाटकद्वारा मतदाता सन्देश



कोहलपुर, १३ मंसिर/  कला सांस्कृतिको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको दियालो परिवार कोहलपुर बाँकेले निर्वाचन आयोगको सडक नाटकद्वारा मतदाताहरुलाई मतदान गर्न सहज बनाउने अभियानको कार्यक्रम गरिरहेको छ ।

दियालो परिवारले ‘महादान’ नामक सडक नाटकद्वारा आसन्न मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा मतदाताहरुले मतदान गर्दा आफ्नो मत बदर नगरि सही ढङ्गले आफूलाई मन परेको उम्मेदवारलाई कसरी मतदान गर्ने भन्ने बारेमा सन्देश दिइरहेको छ ।

सोही अवसरमा बुधबार दियालोले बर्दियाको राजापुर नगरपालिकाको राजापुर बजार, गेरुवा गाउँपालिकाको शान्तिबजार, पाताभार, मधुवन नगरपालिकाको लालीबजार लगायतका स्थानहरुमा महादान सडक नाटकद्वारा मतदाताहरुलाई मतदाता शिक्षा सम्बन्धी सन्देश दिने काम सम्पन्न भएको दियालो परिवार कोहलपुर बाँकेकी कोषाध्यक्ष पूणिमा पौडेलले जानकारी दिएकी छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १३ गते बुधबार