कोहलपुर, १३ मंसिर/ मंगलबार दाङको तुल्सीपुरमा भएको बम विस्फोटनमा घाइते भएका एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।
तुल्सीपुर उपमहानगरपालिका–१८ का २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।
मंगलबार भएको बम विस्फोटनमा गम्भीर घाइते चार जनाको नेपालगन्ज मेडिकल केलेज कोहलपुरमा र अन्य तीन जनाको राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ ।
नेपाली कांग्रेसको तुल्सीपुरमा भएको सभालाई लक्षित गरेर मंगलबार गराइएको विस्फोटमा आठ जना घाइते भएका थिए ।
प्रकाशित मिति : २०७४ मंसिर १३ गते बुधबार









प्रतिक्रिया दिनुहोस्