काठमाडौँ ।
ग्लोबल आइएमई बैंकले युवापुस्तालाई लक्षित गर्दै ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार अब खाता खोल्न बैंक शाखा पुग्नुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय परिचयपत्र वा राहदानी भएका ग्राहकले बैंकमा नगई अनलाइनमार्फत सहजै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । आवेदन दिएलगत्तै खाता सञ्चालनमा आउने व्यवस्था रहेको छ ।
यस खातामा न्यूनतम मौज्दात (मिनिमम ब्यालेन्स) शून्य राखिएको छ भने ग्राहकले घरमै बसेर मोबाइल बैंकिङ सेवा सञ्चालन गर्न सक्नेछन् । बैंकका अनुसार मोबाइल बैंकिङ सेवाको पहिलो वर्ष कुनै शुल्क लाग्ने छैन । बैंकले ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’मा आकर्षक ब्याजदरको सुविधा पनि उपलब्ध गराएको जनाएको छ । सरल, छिटो र पूर्ण रूपमा डिजिटल माध्यमबाट खाता खोल्न सकिने भएकाले यो सेवा विशेषगरी युवा पुस्ताका लागि उपयोगी हुने बैंकको विश्वास छ ।









प्रतिक्रिया दिनुहोस्