जनकपुरधाम ।
धनुषाको सबैला नगरपालिका वडा नं १२ रघुनाथपुरमा स्थित हनुमान मन्दिरमा सुतिरहेको अवस्थामा सहायक पूजारीको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी तथा प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार सुतिरहेको अवस्थामा हत्या भएको बताएका छन् ।
उनका अनुसार धनुषा हँसपुर नगरपालिकाका अन्दाजी ४५ बर्षिय बन्ठु राउत रहेको खुलेको छ । उनी सहायक पूजारीको रुपमा रहेको बुझिएपनि आधिकारिक रुपमा भने पुष्टि भइसकेको छैन् । स्थानीयको अनुुसार उनी करिब १५ बर्षदेखि सोही मन्दिरमा बस्दै आएको बताईएको छ ।
एक स्थानीयका अनुसार, उनी पनि मन्दिरमा पूजापाठ गर्दै आएका थिए । केही दिन अगाडी भारतको पञ्जाबबाट कमाएर आएका थिए । उनीसँग भएको रकम लुटपाट गर्न मनसायका साथ पनि हत्या भएको बुझिएको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको प्रहरी प्रवक्ता न्यौपानेले जनाएको छ । र थप विवरण खुल्न पनि बाँकी रहेको छ ।









प्रतिक्रिया दिनुहोस्