कोहलपुरमा ७७ पिन्ट रगत संकलन



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर समिति कोहलपुरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदानः जीवनदान भन्ने नारासहित सञ्चालन गरिएको रक्तदान कार्यक्रममा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुरेशकुमार चौधरीसहित ७७ जनाले रक्तदान गरेको रास्वपा कोहलपुर नगर सभापति राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

बिरामीको चापअनुसार रगतको अभाव देखिएकोले रगत आपूर्तिको लागि रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए । सांसद चौधरीले सामाजिक उत्तरदायित्वअन्तर्गत रास्वपा कोहलपुरमा महत्वपूर्ण कार्यक्रम सञ्चालन गरेको बताए । ‘रगतदान आफैँमा पुण्य कार्य हो । जुन काम आज रास्वपाले गरेको छ । यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्छ,’ उनले भने ।

रास्वपा लुम्बिनी प्रदेशका महामन्त्री सिएम उपाध्यायले जनचाहनाअनुसार रास्वपाले सामाजिक कार्य गरेको बताए । रक्तदान कार्यक्रममा पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन ११ गते सोमबार