गण्डकी ।
सडकमा छाडा छोडिएका ३२० चौपायाको व्यवस्थापन गरिएको छ । पोखरा महानगरपालिकाले बेवारिसेपूर्वक स्वतन्त्र छोडिएका जनावरको उचित संरक्षण गरेको हो । सडक दुर्घटना हुनबाट जोगाउन जनावरलाई ‘पुष्करणी परोपकार गोकुलधाम’ गौशाला मार्फत हेरचाह गरिएको छ । प्राप्त दूध र कम्पोष्ट मल बिक्री गरी गोलधामले रचनात्मक काम सुरु गरेको छ ।
महानगरको जनावर उद्धार वाहनमार्फत चौपायालाई पोखरा–१४ बाच्छिवुडुवामा पु¥याइएको नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए। उनले भने, “सडकमा बेवारिसे भेटिएका चौपायालाई उद्धार गरी गौशालासम्म पु¥याउने गरेका छौँ ।”गाईगोरुको संरक्षण भएसँगै उक्त ठाउँ गोकुलधामका रुपमा चिनिन थालेको छ । गौशलामा गाई, गोरु र बाच्छाबाच्छी गरी ३२० भन्दा बढी चौपाया छन् । गौशला सञ्चालनका लागि महानगरले बर्सेनि आर्थिक सहयोग दिँदै आएको छ ।
प्रकाशित मिति : २०८३ असार २९ गते सोमबार









प्रतिक्रिया दिनुहोस्