ओप्पोको ‘ए सिक्स एस प्रो’ सार्वजनिक



काठमाडौँ ।

ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ओप्पो ‘ए सिक्स एस प्रो’ सार्वजनिक गरेको छ । फ्ल्यागशिपस्तरको डिजाइन, शक्तिशाली ब्याट्री, उच्च क्षमताको सेल्फी क्यामेरा, द्रुत चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित आएको यो स्मार्टफोनको आधिकारिक मूल्य रु. ५६,९९९ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ओप्पो ‘ए सिक्स एस प्रो’मा ५० मेगापिक्सेल ०.६ एक्स, १०० डिग्री पीओभी अल्ट्रावाइड सेल्फी क्यामेरा जडान गरिएको छ, जसले स्पष्ट, फराकिलो र प्राकृतिक रङसहितका सेल्फी तथा ग्रुप फोटो खिच्न सहयोग पु¥याउँछ । फोटोग्राफीका लागि यसमा ५० एमपी + २ एमपी रियर क्यामेरा प्रणाली पनि उपलब्ध छ । फोनमा ६.५७ इन्चको १२० हर्ज रिफ्रेस रेट भएको एमोलेड डिस्प्ले रहेको छ ।

१,४०० निट्ससम्मको ब्राइटनेस भएकाले कडा घाममा पनि डिस्प्ले सहज रूपमा हेर्न सकिने कम्पनीको दाबी छ । ओप्पो ‘ए सिक्स एस प्रो’मा ७,००० एमएएच ब्याट्री र ८० वाट सुपरभूक फ्ल्यास चार्ज सपोर्ट दिइएको छ । कम्पनीका अनुसार फोनलाई करिब ६१ मिनेटमै शतप्रतिशत चार्ज गर्न सकिन्छ, जसले लामो समयसम्म निर्बाध प्रयोगको सुविधा दिन्छ ।

प्रदर्शनका लागि स्मार्टफोनमा मिडियाटेक हेलियो जी१०० म्याक्स प्रोसेसर प्रयोग गरिएको छ । यसले मल्टिटास्किङ, गेमिङ तथा दैनिक प्रयोगमा सहज र छरितो अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । फोनमा आईपी६९के स्तरको पानी तथा धुलो प्रतिरोध क्षमता रहेको छ । साथै, प्रकृतिबाट प्रेरित थ्रीडी डायनामिक ग्लो डिजाइनका साथ यो स्मार्टफोन लुमिना फरेस्ट र इक्लिप्स ब्लू गरी दुई रङमा उपलब्ध हुनेछ ।

लन्च अफरअन्तर्गत ८ जीबी ¥याम र २५६ जीबी स्टोरेज भेरियन्ट खरिद गर्ने ग्राहकलाई दुई महिनाको रिप्लेसमेन्ट पोलिसी प्रदान गरिने कम्पनीले जनाएको छ । यो सुविधा जुलाई ३ देखि अगस्ट २, २०२६ सम्म फोन खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ भने योग्य ग्राहकले सेप्टेम्बर २, २०२६ सम्म रिप्लेसमेन्ट दाबी गर्न सक्नेछन् ।

ओप्पो ‘ए सिक्स एस प्रो’ नेपालभरका आधिकारिक रिटेल स्टोरमार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ । ग्राहकले यो स्मार्टफोन सहज ईएमआई सुविधामार्फत पनि खरिद गर्न सक्नेछन् । कम्पनीका अनुसार शक्तिशाली ब्याट्री, अल्ट्रा–फास्ट चार्जिङ, उच्च क्षमताको सेल्फी क्यामेरा, प्रिमियम डिजाइन र टिकाउपनाका कारण ओप्पो ‘ए सिक्स एस प्रो’ले आफ्नो सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार २१ गते आइतबार