सिराहामा गोली चलाएर प्रहरीले समात्यो लागुऔषध कारोबारी



काठमाडौँ ।

सिराहामा गोली चलाएर प्रहरीले लागुऔषधका कारोबारीलाई नियन्त्रणमा लिएको छ। शुक्रबार दिउँसो सिराहाको नवराजपुर गाउँपालिका-५ एक जना भारतीय नागरिकलाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।

पक्राउ पर्नेमा भारतको मधुवनीका ३५ वर्षीय अब्दुल कलाम छन्। उनीबाट प्रहरीले ११५ ग्राम ब्राउन सुगर बरामद गरेको छ।  गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेशपुर र लागुऔषध नियन्त्रण ब्युरो सिराहा शाखाको संयुक्त टोली खटिएको थियो।

पक्राउ परेका कलामबाट एउटा कटुवा पेस्तोल र दुई राउन्ड पनि बरामद गरेको छ। नियन्त्रणमा लिन उनलाई प्रहरीले गोली समेत प्रहार गरेको हो। उनको खुट्टामा गोली लागेर घाइते समेत भएको एसपी रेग्मीले जानकारी दिए।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १९ गते शुक्रबार