काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मातहतका सबै क्याम्पसलाई पत्र पठाएर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का संरचना हटाउन निर्देशन दिएको छ। सोमबार त्रिविको विदार्थी कल्याण तथा खेलकुद निर्देशनालयले मातहतका सबै क्याम्पसलाई पत्र पठाएर स्ववियुका संरचना हटाउन भनेको हो।
निर्देशनालयका उप–प्रशिक्षक सन्देशकुमार रेग्मीको हस्ताक्षर रहेको पत्रमा ६० दिनभित्र दलिय विद्यार्थी संगठन हटाउन भनेको छ। यससँगै निर्देशनालयले स्ववियुको ठाउँमा ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ गठन गर्न पनि भनेको छ। पत्रमा ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ गठन गरी त्यसको जानकारी निर्देशनालयमा गराउन भनिएको छ।
‘विश्वविद्यालय अनुदान आयोगको र शिक्षा तथा खेलकुद मन्त्रालयको पत्रअनुसार, शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न ६० दिनभित्र विद्यालय र विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाई ९० दिनभित्र स्टुडेन्ट काउन्सिल वा भ्वाइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्न भन्ने उल्लेख भई आएकोले सोही अनुसार गरी गराई यस निर्देशनालयमा यथासिघ्र छिटो जानकारी गराउन हुन निर्देशानुसार अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ।









प्रतिक्रिया दिनुहोस्