काठमाडौँ।
अन्तर्राष्ट्रिय स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले नेपाली बजारमा आफ्नो नयाँ स्मार्ट २० स्मार्टफोन सार्वजनिक गरेको छ । कृत्रिम बुद्धिमत्ता (एआई) आधारित स्मार्ट फिचर, स्पष्ट फोन कल, लामो ब्याट्री ब्याकअप, सहज कार्यसम्पादन र मजबुत डिजाइनलाई प्राथमिकतामा राखेर ल्याइएको यो स्मार्टफोन दैनिक प्रयोगकर्तालाई लक्षित गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, स्मार्ट २० मा प्योर भ्वाइस टेक्नोलोजी र भ्वाइसप्रिन्ट न्वाइज रिडक्सन प्रविधि समावेश गरिएको छ, जसले प्रयोगकर्ताको आवाजलाई पहिचान गरी वरपरको अनावश्यक आवाज कम गर्छ । यसका कारण भीडभाड, सार्वजनिक यातायात वा कार्यालयजस्ता स्थानमा पनि स्पष्ट रूपमा फोनमा कुराकानी गर्न सकिने कम्पनीको दाबी छ ।
फोनमा ६.७८ इन्चको पञ्च–होल डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट उपलब्ध छ, जसले स्क्रोलिङ, भिडिओ हेर्ने तथा टच अनुभवलाई अझ सहज र स्मुथ बनाउने कम्पनीले जनाएको छ । त्यस्तै, मिडियाटेक हेलियो जी–८१ अल्टिमेट प्रोसेसर प्रयोग गरिएको यस स्मार्टफोनले दैनिक प्रयोग, मल्टिटास्किङ र मनोरञ्जनका लागि भरपर्दो कार्यसम्पादन दिने बताइएको छ । कम्पनीका अनुसार, यो डिभाइस ४८ महिनासम्मको फ्लुएन्सी सर्टिफिकेसनसहित आएको छ, जसले लामो समयसम्म सहज रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
स्मार्ट २० मा ५२ सय एमएएच क्षमताको ब्याट्री र ७.७ मिलिमिटर अल्ट्रा–स्लिम डिजाइन रहेको छ । यसले दिनभरको ब्याट्री ब्याकअपसँगै आरामदायी प्रयोग अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । साथै, अल्ट्रालिंक फ्रि कल सुविधामार्फत मोबाइल नेटवर्क उपलब्ध नभएको अवस्थामा पनि करिब एक किलोमिटरसम्म कल तथा सन्देश आदान–प्रदान गर्न सकिने विशेषता समावेश गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्