जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले दिए आयोगमा निवेदन



काठमाडौँ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको प्रतिवेदन माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगलाई निवेदन दिएका छन्।  अध्यक्ष ओलीको तर्फबाट एमाले नेता महेश बर्तौलाले आयोगमा निवेदन दिएका हुन्। शुक्रबार आयोगका सचिव मुरारी खरेललाई भेटेर निवेदन दर्ता गरेको बर्तौलाले बताए।

गत भदौ २३ र २४ गतेको भएको जेनजी आन्दोलनको आयोगले अनुसन्धान गरेको थियो। त्यसका आधारमा आयोगले दोषी देखिएका व्यक्तिलाई कारबाही गर्न सरकारलाई सिफारिश गरेको थियो।  त्यही प्रतिवेदन एमाले अध्यक्ष ओलीले माग गरेका हुन्। उनले अनुसन्धान प्रतिवेदन, निर्णय र त्यससँग सम्बन्धित सम्पूर्ण कागजात उपलब्ध गराउन आग्रह गरेका छन्।

त्यस्तै, निवेदनमा आगजनी गर्ने, संवैधानिक अंगहरूलाई समाप्त गर्न उत्तेजना फैलाउने काम र राज्य यन्त्रको अनधिकृत कब्जा गर्ने कार्यमा संलग्न व्यक्तिको विषयमा आयोगको निर्णय मौन रहेको पनि निवेदनमा उल्लेख गरेका छन्।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १३ गते शनिबार