काठमाडौँ।
एनसेल ग्राहकहरूले अब एनसेल एपमार्फत बस, हवाई टिकट बुकिङ वा साहसिक गतिविधिहरूमा आकर्षक छुटका साथै विविध लाभहरू प्राप्त गर्न सक्ने भएका छन् । यसका लागि एनसेलले ट्राभल प्लेटफर्म ट्रिप टर्बोसँग एक साझेदारीपत्रमा हस्ताक्षर गरेको गरेको छ ।
यो साझेदारीअन्तर्गत ९९ रूपैयाँ वा सोभन्दा बढी मूल्यको प्याक खरिद गर्ने हरेक एनसेल ग्राहकले अब बस टिकट बुकिङ, आन्तरिक हवाई यात्रा र साहसिक गतिविधि लगायतका कार्यमा आकर्षक छुट प्राप्त गरी बचत गर्न सक्छन् । यसका साथै अब ग्राहकहरूले एनसेल एपबाटै डिजिटल रूपमा यात्रा तथा साहसिक गतिविधिसम्बन्धी विविध सुविधाहरू सहजै प्राप्त गर्न सक्ने भएका छन् ।
यो छुटको सुविधा एनसेल ग्राहकहरूले ट्रिप टर्बोमार्फत यात्राका लागि टिकट लिँदा वा विविध गतिविधिहरूमा आबद्ध हुँदा प्राप्त गर्दछन् । ग्राहकहरूले विभिन्न मनोरञ्जनात्मक तथा साहसिक गतिविधिमा ८ हजार रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्छन् ।
यसका साथै, ग्राहकहरूले पहिलोपटक आन्तरिक हवाई यात्रामा २०० रूपैयाँ र त्यसपछिका प्रत्येक आन्तरिक उडानमा १४० रूपैयाँ अनि बस टिकट बुकिङमा १११ रूपैयाँ छुट प्राप्त गर्न सक्छन् । यी विशेष छुटहरूको लाभ एनसेल एपको पार्टनर्ड सर्भिसेजभित्र रहेको ट्रिप टर्बो सेक्सनमा गएर प्राप्त गर्न सकिन्छ । यो सेक्सनले ग्राहकहरूलाई यात्रा, मनोरञ्जनात्मक तथा साहसिक गतिविधिहरूमा सहभागिताका लागि तयारी गर्दा सजिलै छुटहरू खोज्न र प्रयोग गर्न मद्दत गर्दछ ।









प्रतिक्रिया दिनुहोस्